Tuesday, December 17, 2019

मर्कूस रचित सुसमाचार


https://www.podomatic.com/podcasts/janakbc/episodes/2019-12-16T20_30_50-08_00

मर्कुसलाई यहुन्ना मर्कुस पनि भन्दछन् , जसको हिब्रुमा अर्थ यहोवाले अनुग्रह देखाउनु हुन्छ भन्ने हुन्छ । उनको पहिलो पुस्तक चाँहि गैर यहुदीहरुका लागि हो । यो सबै भन्दा छोटो छ तर व्यवहारिकताले भरिएको छ । उनी चाँहि येशूको प्रेरित थिएनन् तर येशूलाई पछ्याउने विश्वासी थिए । उनि आफ्नो दाई १) वर्णवासको सहायक थिए उनी साइप्रसका लेभि थिए । २. प्रेरित पावलका सहायक र ३. प्रेरित पत्रुसका पनि सहायक थिए । मर्कुसले पत्रुसको सुसमाचारलाई ल्याटिन भाषामा रोममा छदा अनुवाद गरेका थिए जसवाट उनले सुसमाचारहरु प्राप्त गरे । येशूको जीवन र पुनरुत्थानको प्रत्यक्षदर्शी पत्रुस थिए । त्यसैले पत्रुसले येशूको वारेमा सिकाए अनुसार नै मर्कुसले लेखेका छन् । त्यसैले मर्कुसलाई पत्रुसको सुसमाचार पनि भन्दछन् । व्यवहारिकतावाट भरिएको यस पुस्तकले पत्रुसको व्यक्तित्वलाई पनि झल्काउँछ ।

मर्कुसले छोटकरी र सटिक तरिकाले येशूको २.५ वर्षको सेवाकाईमा के के भयो भनि बताएका छन् । (पहिलो भाग २.५ वर्ष जसले येशू उत्तर गालिलिमा हुदाँको कुरालाई जोड दिएको छ भने दोश्रो ६ महिना उहाँको दक्षिण यहुदामा हुदाँको र मृत्युमा जादाको समयलाई विशेष उल्लेख गरेको छ ।) उनले दोश्रो भागमा येशू क्रुशको वाटोमा जाँदाको कुरालाई विस्तारै उल्लेख गरेका छन् । अन्त्य तिर, उनले समयलाई घडीमा देखाएका छन् । येशूको वारेमा केहि नजान्ने अविश्वासीलाई यो पुस्तक ज्यादै उपयोगी हुदछ ।

यो पुस्तकले पत्रुसको गल्तिलाई जोड दिएको छ, उदाहरणको लागि जहाँ येशूले पत्रुसलाई भन्नुहुन्छ,त मबाट हटि जा शैतान र पत्रुसले येशूलाई इन्कार गर्दछन् तर स्वकिार गरिएको कुरालाई उल्लेख गरिएको छैन । किनकि मानिसहरुले उनको असफलता र कमजोरी बाट सिकुन भन्ने उनको चाहना थियो ।
      मर्कुसले १८ ओटा आश्चर्य कार्य समेटेकोमा दृष्टान्त ४ ओटा मात्र रहेका छन् । त्यसैले पत्रुस येशूले के भन्नुभयो भन्दा पनि के गर्नुभयो भन्ने कुरामा जोड दिएका छन् ।
·       खण्ड १–९=२.५ वर्ष  
·       खण्ड १०= ६ महिना
·       खण्ड ११ –१६ = येशूको अन्तिम हप्ता
ü  ३ चरणहरु = पहिलो येशू धेरै प्रसिद्ध हुनुभयो । धेरै उहाँकोमा निको हुन आए र उहाँको वारेमा बताए ।
ü  दोश्रो केहि मानिसहरुले विवाद झिके सवाथ लगाएतका विषयमा र छिट्टै उहाँका साथी भन्दा धेरै दुस्मनहरु बन्न पुगे ।
ü  तेस्रो येशूले हजारौको भिडहरुमा उहाँको बचन सुन्न आउने मध्ये आफ्ना १२ जना चेलाहरुमा विशेष ध्यान दिनुभयो ।
पुस्तकको मोडलाई  विशेष गरि बिर्सनु हुदैन  । येशूले प्रस्शस्तै आश्चर्यकर्म गर्नुभयो र तिनीहरुलाई धेरै कुरा भन्नुभयो, तर पनि खण्ड ८;२७–३० चाहि मुख्य विषय हो । उहाँका  चेलाहरूले येशूलाई के भन्दछन् ? किनभने हर्मन पर्वत, एकदमै उच्च विन्दु थियो र यो तल फाटको लागि सिँचाईको स्रोत थियो र यसैमा मानिसहरुको शालिक पनि त्यहाँ प्रशस्तै थिए जसलाई मानिसहरुले ईश्वर मान्दथे । ग्रिकका इश्वर पान र सिसर । पत्रुसले भने ‘तपाई ख्रीष्ट हो, जिउदो परमेश्वरको पुत्र यहाँ सम्म येशूले कहिल्यै आफ्नो चर्च बनाउने कुरा गर्नुभएन । उनीहरुले यो कुराको कुनै अर्थ नै बुझेनन् । यतिवेला सम्म येशूले आफु किन आउनु भयो, येरुशलेम जाने र क्रुशमा मर्ने भन्ने कुरा समेत बताउनु भएन । तर यो समय देखि क्रुनै सुसमाचारको केन्द्र हुन पुग्यो । येशूले ३ जना चेलाहरुलाई लिएर जानुभयो र त्यहाँ उनिहरुको अगाडी प्रकट पनि हुनुभयो ।चेलाहरुले यहाँ यो कुरा महसुस गरेका छन् कि येशूले मोशा र एलियालाई भेटका ले उहाँ उनीहरुभन्दा महान र उहाँ परमेश्वर, मसिह, भन्ने कुरा विस्तारै प्रकट गरिदिनु भयो ।
३ मूख्य विषयवस्तुहरु
 १. येशूको चरित्रको वारेमा प्रष्ट चित्र
येशूले आफ्नो पहिचान गुप्त राख्नुभयो र धेरै पटक सुसमाचार मा उहाँ को हुनुहुन्छ भन्ने कुरा नभन्न आग्रह गर्नुभयो । मानिसहरुले पिताको सहायता र निर्देशनमा उहाँलाई चिनुन् भन्ने येशू चाहानुहुन्थ्यो । उहाँ मानिसहरुले सस्तो रुपमा उहाँलाई नचिनुन भन्ने चाहनुहुन्थ्यो किनभने मानिसहरुले अपरिपक्क किसिमले उहाँलाई चिने भने एक राजनैतिक नेता÷उद्धारकर्ता जस्तो वनाउने छन् र हाम्रो पापको निम्ति उहाँको क्रुशको आवश्यक मृत्यू लाई पनि रोक्न खोज्थ्ये होला । येशूले आफ्ना पिताको कामलाई पुरागर्ने कुरामा निर्धक्क हुनुहुन्थ्यो ।

२. ख्रीष्टको कामको शिक्षा
मर्कुसले आफ्नो पुस्तकको एक तिहाई भागमा येशूको मृत्यूको वारेमा जोड दिएका छन् । मर्कुशले क्रुशलाई जोडदिदै मानव र इश्वरिय शक्तिको पक्षको बारेमा उल्लेख गरेका छन् ।
मानव–येशूलाई आफु परमेश्वर भएको कुरा गरेर इश्वर निन्दा गरेको भनेर आरोप लगाइयो । यहुदी कानुन अनुसार यो मृत्यु दण्ड पाउने कसुर हो । यो कुरा येशूले उच्च पुजारीको प्रश्नको जवाफमा वताउनु भयो । तर तिनीहरु रोमी व्यवस्थाको अन्तर्गत भएकाले कसैलाई मृत्यू दण्ड दिनुभन्दा पहिला अनुमती लिनुपर्ने हुन्छ । तर रोमीहरुले इश्वर निन्दाको लागि मृत्यूदण्ड दिदैनथ्ये । त्यसकारण उनीहरुले इश्वरनिन्दा नभएर धोका दिएको झुट भएको भन्ने आरोप लगाए । यसरी उनीहरुले येशूलाई यहुदिको राजा भएको आरोप लगाए । अव रोमीहरुले यहुदीहरुलाई आफ्नो भविश्यको सम्भावित प्रतिद्धन्दि जस्तो बुझि मृत्यूदण्डको सजायको लागि अनुमती दिने सम्भावना बढ्यो ।

इश्वरिय–येशू सुरुवात देखि नै आफु आउनुको कारण मृत्यु थियो भन्ने कुरामा पक्का हुनुहन्थ्यो । उहाँले यो एक पटक भन्दा धेरै अनुमान गरिसक्नु भएको थियो । हामीले पनि बुझ्न सक्छौँ कि परमेश्वरले यो योजना बनाउनु भएको थियो र त्यहाँ कुनै कारणले येशूले यो कुरामा परिवर्तन गर्ने मौका नै थिएन । त्यसैले पत्रुसले येशूलाई क्रुशबाट भगाउने प्रयास गर्नुहुदैन ।

३. येशूप्रति मानिसहरुको प्रतिकृया ।
मर्कुशले निरन्तर मानिसहरुको भययुक्त वा विश्वासयुक्त प्रतिकृयाको वारेमा वताएका छन् । यदि उनले हाम्रो पनि जवाफ चाहेको भए हाम्रो प्रतिकृया के हुन्छ ?

No comments: