Tuesday, September 8, 2026

A Reflection on Nepal's Natural Catastrophe and Christian Response

My heart breaks as I read the news in the papers and media narrating the story of August 26th in Nepal. I am deeply grieved by what happened on that day. Lives were lost. Fathers and mothers lost their children, children lost their parents, and parents lost their own ageing parents. Schoolchildren remain missing, and survivors are traumatised by the shock. Hundreds are injured. Entire homes have vanished. The scale of the loss cannot be captured in words.

On the morning of August 26, a glacier collapse near Langtang in the Himalayas triggered a massive ice-rock avalanche that thundered down the Lhende Khola–Bhote Koshi–Trishuli river system on the Nepal-Tibet border. Water in the Trishuli reportedly rose as much as nine meters in just thirty minutes, tearing through settlements across a 72-kilometre stretch and devastating the districts of Rasuwa, Nuwakot, and Dhading. As of early September, over a thousand deaths have been confirmed in Nepal, with thousands more still listed as missing, and hundreds injured. Bodies were carried as far as 240 kilometres downstream into India. Tunnels at hydropower sites became makeshift shelters and death traps alike, with rescue teams still working to reach those trapped inside.

What troubles me is not only the disaster itself, but what has followed it. The government took charge of the rescue operation, yet was slow and, in the crucial early hours, reluctant to let neighbouring nations join the effort when every hour mattered most. Relief has been collected, and continues to be collected, yet distributing that aid to the people who actually need it has proven difficult. Many NGOs and international agencies are asking for help. However, I have watched something painful unfold alongside the genuine generosity: a kind of competition on social media over who can be seen reaching the affected areas first. Too often, the people arriving on the actual site are not truly helping but creating confusion among people, sharing their pictures on social media. Imagine being a flood survivor and having one visitor after another ask you to recount your suffering, over and over, for the camera. That is not relief but torture-a dehumanizing of the victims. In many cases, it does more harm than good. Why have we lost our sense of humanity in the midst of humanitarian work? What is needed is for individuals and agencies to step in together where the government has fallen short, rather than working in isolation, each trying to attach their own name and reputation to the story of their generosity.

Where is our thinking about the future, about how people will actually rebuild their lives? Instead, we have spent our energy debating whose fault this is. Who is responsible for glacier melt in the Himalayas? There may be real truth worth examining in that question, but that conversation belongs in the right forum, at the right time. It is not the conversation for a moment when people in Trishuli and Rasuwa need food and clean water today. It is telling that the government of Nepal has, at times, seemed more eager to advocate on the global stage about climate justice than to do the hard, humble work on the ground.

Another side of this story is how Christian NGOs and churches have projected themselves in the media, and not always wisely. Even mainstream Christian NGOs appear competitive in displaying their staff, their rescue vehicles, and their relief materials in the social medias. What message do we want to convey to the world, and especially to the victims on the ground, when one person's tragedy becomes another's viral moment. It is when I look at Christian NGOs and churches that my grief deepens further. I have seen leaders posting images of victims-some of whom have never spent meaningful time among rural communities, having lived comfortably in metros their whole lives. Now I see their vehicles and their sunglasses at flood-affected sites, curated for the camera. They can reach a global audience and raise support quickly. But too often, the affected people become little more than material for sustaining an organisation's image and funding. I want to be careful here that I am not speaking in general terms. There are those who quietly and genuinely serve people in need, and one will not notice them on social media. Their work is real, and it deserves honour even in its invisibility.

I sometimes wonder why Christian NGOs show less urgency in sharing the good news than they do in a high-urgency situation like this one. Perhaps the sustainability of the NGO, and fear of the government, matters more to them than the sustainability of the people themselves. Far less have we heard anyone speak of the urgency of eternity, and of the good news that people desperately need in moments exactly like this one. Why do we hesitate to name the urgency of sharing the gospel? Why do we not see how deeply the good news is needed, not only for bodies only, but for souls?

May the Lord give us eyes to see this moment rightly- to serve without seeking to be seen, to set aside our arguments about blame until people have bread and shelter, and to remember that the hour is short and the harvest is great. May we be found faithful stewards of both bread and gospel in the days ahead.

 

Sunday, August 23, 2026

नेपाली ख्रीष्ट्यन भजन-गीतहरूमा धर्मशास्त्रीय विवेकको आवश्यकता

भजन ८३२

ख्रीष्ट्यन आराधनामा भजन-गीतको स्थान अत्यन्त महत्वपूर्ण छ। भजनले मानिसको भावना छुन्छ,  विश्वासलाई स्मरणयोग्य बनाउँछ र समुदायलाई एउटै विश्वासमा सहभागी गराउँन सहायता गर्छ। बाइबलले पनि परमेश्वरका जनहरूलाई भजन, स्तुति र आत्मिक भजनहरूद्वारा एकअर्कालाई शिक्षा दिन र परमेश्वरको प्रशंसा गर्न आह्वान गर्छ। (कलस्सी ३;१६) त्यसैले ख्रीष्ट्यन भजन शिक्षाको माध्यम पनि हो।

यही कारणले नेपाली मण्डलीमा गाइने भजनहरूको धर्मशास्त्रीय परीक्षण गरीनु आवश्यक छ। कुनै भजनको धुन मीठो हुनु, मानिसलाई भावुक बनाउनु वा त्यसमा येशू, “प्रभु, “क्रूस, “प्रेम, “वचन जस्ता ख्रीष्ट्यन शब्दहरू हुनु मात्रले भजनलाई धर्मशास्त्रीय रूपमा सही छ भनि प्रमाणित गर्दैन। भजनको मूल विचार, प्रयोग गरिएका शब्द, परमेश्वरबारे प्रस्तुत गरिएको धारणा र मानिसको उद्धारबारे दिइएको शिक्षा सबैलाई पवित्रशास्त्रको प्रकाशमा जाँच्नुपर्छ।

भजनसंग्रह आफैँले हामीलाई यसको राम्रो नमुना दिन्छ। बाइबलीय भजनहरू केवल भावनात्मक अभिव्यक्ति होइनन्। तिनमा परमेश्वरको चरित्र, उहाँका काम, मानिसको पाप, पश्चात्ताप, न्याय, द्धार, दुःख, आशा र परमेश्वरमाथिको भरोसा समेटिएका छन्। त्यसैले नेपाली ख्रीष्ट्यन भजनले पनि भावनालाई धर्मशास्त्रीय सत्यबाट अलग गर्नु हुँदैन। आज त्यस्ता केही भजनहरू छन्, जुन बाइबलका संदेशमा आधारित नभई भजन लेखकहरूको परिस्थिति र अनुभवबाट रचिएका छन्। यस्ता भजनहरूलाई नेपाली मण्डलीले बाइबलको बृहत् धरातलमा रहेर जाँच गर्नु आवश्यक छ। यो स्मरण रहोस् कि यस लेखको आशय यस्ता प्रकारका सबै भजनहरू गलत छन् भन्ने होइन, तर तिनलाई बाइबलको सन्देशको आधारमा हेरिनु आवश्यक छ। आउनुहोस्, यस्तै प्रकारका केही भजनहरूका बारेमा हेरौँ।

नेपाली भजन किताबको ८३२ लाई हेरौं। जहाँ  भाग्य शब्दको प्रयोग गरिएको छ। मैले एउटा अगुवाहरू संगतीमा यसको बारेमा कुरा उठाउँदा उहाँहरूलाई अलि असहज महशुज भयो। भजन नं. ८३२ मा वचनलाई परमेश्वरको प्रेम-पत्र, बाटो र ज्योति, भोजन र सान्त्वनाका रूपमा प्रस्तुत गरिएको छ। यीमध्ये धेरै चित्रहरू बाइबलका शिक्षासँग सम्बन्धित छन्। तेस्रो अन्तरामा वचन हाम्रो तरवार हो, पापीहरूको भाग्य हो भन्ने पंक्ति आउँछ। यहाँ भाग्य शब्दमाथि विशेष ध्यान दिन आवश्यक हुन्छ।नेपाली भाषामा भाग्य शब्दले प्रायः मानिसको जीवनमा पूर्वनिर्धारित luck वा fate भन्ने धारणा दिन सक्छ। यदि पापीहरूको भाग्य भन्नाले पापीहरूको उद्धार वा विनाश कुनै भाग्य वा लकले निर्धारण गर्छ भन्ने अर्थ लाग्छ भने यस्तो अभिव्यक्ति बाइबलको उद्धारसम्बन्धी शिक्षासँग मेल खादैन। बाइबलले मानिसको उद्धारलाई अन्धो भाग्यको परिणामका रूपमा प्रस्तुत गर्दैन। उद्धार परमेश्वरको अनुग्रह, प्रेम र ख्रीष्टको कार्यसँग जोडिएको छ। भाग्य भन्ने सांस्कृतिक अर्थले मानिसको उद्धारलाई कर्म, पूर्वजन्मको पुण्य वा किस्मतसँग जोड्ने सम्भावना राख्छ। त्यसैले ख्रीष्ट्यन भजनमा यस्तो शब्द प्रयोग गर्दा यसको अर्थ स्पष्ट हुनु आवश्यक हुन्छ।

अर्को नेपाली मण्डलीमा गाइने भजन छ जसमा नेपाली समाजका शब्दावलीहरू, जस्तैः चौतारी, अँगालो, आत्मीयता र हृदयको धड्कनहरूको प्रयोग गरीएको छ। यी शब्द र रूपसँग हाम्रो समाज राम्ररी परिचित छ। चौतारीमा बासेर, अङ्गालोमा हालेर तिम्रो दिलको धड्कन सुनौँला जस्ता पंक्तिले नेपाली श्रोताको भावनालाई सहजै छुन्छन्। तर यहाँ एउटा महत्वपूर्ण प्रश्न उठ्छ। भजनले भावनात्मक रूपमा येशूलाई नजिक ल्याउँदा उहाँबारे बाइबलले दिएको शिक्षालाई पनि सही रूपमा प्रस्तुत गरेको छ कि छैन? येशूसँग आत्मीय सम्बन्धको कुरा बाइबलमा स्पष्ट छ। उहाँले आफ्ना चेलाहरूलाई प्रेम गर्नुभयो, उनीहरूलाई आफ्नो मित्र भन्नुभयो र आफ्ना जनहरूलाई आफूमा रहन बोलाउनुभयो। तर बाइबलले येशूलाई केवल भावनात्मक रूपमा नजिक रहेको प्रिय पात्रका रूपमा मात्र प्रस्तुत गर्दैन। उहाँ प्रभु, उद्धारकर्ता, परमेश्वरका पुत्र, न्यायाधीश र राजा पनि हुनुहुन्छ।

त्यसैले कुनै भजनले येशूलाई केवल मेरो मनको साथी वा मेरो भावनात्मक सहारा को रूपमा प्रस्तुत गर्छ र उहाँको प्रभुत्व, पवित्रता, क्रूस, पुनरुत्थान र उद्धारको सत्यलाई हराउँछ भने भजनको भावनात्मक शक्ति धर्मशास्त्रीय कमजोरी बन्न सक्छ।भावनाले धर्मशास्त्रलाई प्रतिस्थापन गर्नु हुँदैन। बरु धर्मशास्त्रीय सत्यले भावनालाई दिशा दिनुपर्छ।

तर मण्डलीमा गाइने भजनका लागि अर्को प्रश्न अझ महत्वपूर्ण हुन्छ। सुन्नेहरूले त्यो शब्दबाट के बुझ्छ? धर्मशास्त्रीय रूपमा सही आशय राखिएको शब्दले पनि स्थानीय समाजमा फरक अर्थ बोकेको छ भने त्यसलाई पुनर्विचार गर्नु आवश्यक हुन्छ। भजन मण्डलीको सामूहिक शिक्षाको माध्यम हो। त्यसैले भजनकारले मैले भन्न खोजेको अर्थ यही हो मात्र भनेर पुग्दैन। सुन्नेहरू के सुन्छ र के सिक्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ।

जस्तै उदाहरणको निम्ति भजन नं. ४०१ मा प्रयोग भएको युद्धसम्बन्धी भाषाले अर्को महत्वपूर्ण प्रश्न उठाउँछ। युद्ध, “वैरी, “झण्डा, “तरवार, “शत्रुलाई हराऔँ जस्ता शब्दहरू बाइबलमा पनि भेटिन्छन्। त्यसैले यी शब्दहरू प्रयोग हुँदैमा भजन अधर्मशास्त्रीय हुन्छ भन्न मिल्दैन।वास्तवमा नयाँ करारले पनि ख्रीष्टियन जीवनलाई आत्मिक संघर्षको भाषामा प्रस्तुत गर्छ। एफिसी ६ मा पावलले परमेश्वरको सम्पूर्ण हातहतियार धारण गर्न आह्वान गर्छन्। त्यहाँ आत्माको तरवार लाई परमेश्वरको वचनसँग जोडिएको छ।समस्या शब्दको अस्तित्वमा होइन। समस्या ती शब्दहरूले आजको सामाजिक सन्दर्भमा के अर्थ उत्पन्न गर्छन् भन्नेमा हो।नेपाल बहुधार्मिक र बहुसांस्कृतिक समाज हो। यहाँ हामी र उनीहरू, “शत्रु, “वैरी, “युद्ध, “झण्डातरवार जस्ता शब्दले धार्मिक संघर्षको भाव उत्पन्न गर्न सक्छन्। विशेष गरी ख्रीष्ट्यन धर्मलाई बाह्य वा विदेशी धर्मका रूपमा हेर्ने मानिसहरूबीच यस्ता भाषाले भजनको मूल आत्मिक आशयभन्दा फरक सन्देश दिन सक्छ भन्ने हो। उदाहरणका लागि ख्रीष्टको सेना भन्ने अभिव्यक्ति आत्मिक संघर्षको प्रतीकका रूपमा बाइबलीय सन्दर्भमा बुझ्न सकिन्छ। तर नेपालका गैरख्रीष्ट्यन समुदायले त्यसलाई अरू धर्मविरुद्धको युद्धको भाषाका रूपमा बुझ्न सक्छन्। त्यसैले भजनको धर्मशास्त्रीय सत्य जोगाउँदै सांस्कृतिक सञ्चारलाई पनि विचार गर्नु आवश्यक हुन्छ।

अन्त्यमा भजन-गीतहरूलाई धर्मशास्त्रीय रूपमा परीक्षण गर्दा दुईवटा प्रश्न अलग-अलग सोध्नुपर्छ। पहिलो, यसको धर्मशास्त्रीय अर्थ सही छ कि छैन? दोस्रो, नेपालको वर्तमान बहुधार्मिक सामाजिक परिवेशमा यसको भाषाले कस्तो सञ्चार गर्छ? ख्रीष्ट्यन भजनको मूल्याङ्कन गर्दा पहिलो प्रश्न भजन कति मीठो छ?” हुनु हुँदैन। पहिलो प्रश्न भजनले के सिकाउँछ?” हुनुपर्छ। त्यसपछि अर्को प्रश्न आउँछ, “यसले मानिसलाई कस्तो परमेश्वर देखाउँछ?” त्यसपछि, “ख्रीष्ट को हुनुहुन्छ भनेर यसले के सिकाउँछ?” मानिसको पाप र उद्धारलाई यसले कसरी प्रस्तुत गर्छ?”

यसमा प्रयोग भएको भाषा बाइबलसँग मेल खान्छ?” स्थानीय संस्कृतिमा यसले कस्तो अर्थ दिन्छ?” मण्डलीले यो भजन बारम्बार गाउँदा नयाँ पुस्ताले के सिक्छ?”

यी प्रश्नहरू महत्वपूर्ण छन् किनभने भजन केवल शनिबारको आराधनामा गाइने केही मिनेटको सामग्री होइन। भजन स्मृतिमा बस्छ। मानिसले प्रवचनका धेरै कुरा बिर्सन सक्छ, तर भजनका पंक्ति वर्षौंसम्म सम्झिरहन सक्छ। त्यसैले भजनको धर्मशास्त्रीय कमजोरीलाई यो त भजन मात्र हो भनेर बेवास्ता गर्नु उचित हुँदैन।भावना आवश्यक छ, तर भावना पर्याप्त छैन। ख्रीष्ट्यन आराधना भावनाविहीन हुनुपर्छ भन्ने होइन। भजनसंग्रहमा आनन्द, दुःख, डर, आशा, पश्चात्ताप, प्रेम र विजय सबै छन्। समस्या भावनामा होइन। समस्या धर्मशास्त्रीय सत्यबाट अलग भएको भावनामा हुन्छ। एउटा भजनले मानिसलाई रुवाउन सक्छ। अर्को भजनले मानिसलाई नाच्न प्रेरित गर्न सक्छ। अर्को भजनले मानिसलाई शान्त बनाउन सक्छ। तर प्रश्न यो हो, त्यसपछि मानिसले परमेश्वरबारे के सिक्यो?

यदि भजनको भावनात्मक शक्ति धर्मशास्त्रीय सत्यमा आधारित छ भने त्यो आराधनाको शक्तिशाली माध्यम बन्न सक्छ। तर यदि भावनाले शब्दको धर्मशास्त्रीय कमजोरीलाई ढाक्छ भने मण्डलीले विवेक गर्नुपर्छ।

भजन लेखकहरूले पवित्रशास्त्रबाट भजन लेख्ने अभ्यासलाई प्राथमिकता दिनुपर्छ।विशेष गरी भजनसंग्रह, हितोपदेश, अय्यूब, यशैया र अन्य काव्यात्मक पुस्तकहरूले नेपाली ख्रीष्ट्यन भजनका लागि ठूलो स्रोत प्रदान गर्छन्। भजनसंग्रहले मानिसको जीवनका वास्तविक अनुभवलाई परमेश्वरको सत्यसँग जोड्छ। दुःख छ, तर परमेश्वर पनि हुनुहुन्छ। पाप छ, तर पश्चात्ताप पनि छ। न्याय छ, तर अनुग्रह पनि छ। डर छ, तर भरोसा पनि छ। यस्तो भजनले नेपाली समाजको वास्तविक अनुभवलाई बाइबलको सत्यसँग जोड्न सक्छ। हामीलाई केवल ख्रीष्ट्यन शब्द भएको भजन चाहिएको होइन। हामीलाई ख्रीष्ट्यन सत्य बोकेको भजन चाहिएको हो। भजनको धुन सुन्दर हुनुपर्छ। भाषा पनि सुन्दर हुनुपर्छ। सांस्कृतिक अभिव्यक्ति पनि स्वाभाविक हुनुपर्छ। तर यी सबैभन्दा माथि भजनले पवित्रशास्त्रको सत्यलाई आदर गरेको गर्नुपर्छ।

Sunday, September 1, 2024

मित्रताको छनौट (हितोपदेश २७:१-१० र १३: २०)

 कसैले यसो भनेका थिए, “तिम्रा मित्रहरु देखाउ, म तिमीलाई तिम्रो भविष्य भनिदिनेछु। हो, मित्रताले हाम्रो जीवनमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ।सि.एस. लुईसले आफ्नो किताब चार प्रेममा यसरी भनेका छन्: मित्रता दर्शन र कला जस्तै अनावश्यक कुरा हुन्,... यसको कुनै जीवित मूल्य छैन; तर यो ती चीजहरू मध्ये एक हो जसले बाँच्नको लागि मूल्य दिन्छ।" दानियल कक्सले वर्तमान समाजलाई मित्रताको मंदी भएको समाज भन्छन्। बढ्दो सामाजिक सञ्जालको अत्याधिक प्रभावका कारण वर्तमान यूगमा मित्रता कता कता अन्योलता भएको देखिन्छ।

हितोपदेश १३:२० ले यसरी भन्छः बुद्धिमान्‌सँग हिँड्‌ने बुद्धिमान्‌ नै बन्‍छ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्‍सानी भोग्‍छ। हितोपदेश २७:६ ले भन्छः मित्रबाट पाएको चोट पत्‍यार गर्न सकिने हुन्‍छ, तर शत्रुका चुम्‍बन भने प्रचुर हुन्‍छन्‌। हरेक बुआ-आमाहरुले आफ्ना नानिबाबुहरुका मित्रहरु को छन् भन्ने कुरा थाहा गरेको असल हुन्छ। मित्रतालाई धेरै कुराले प्रभाव पारेको हुन्छः बढ्दो सामाजिक सञ्जाको प्रयोग, वैदेशिक रोजगार, कामको चाप र अन्य थुप्रै! हामी कस्तो सोचमा बढीरहेकाछौं भन्ने कुरा हाम्रो वरीपरी कस्ता मित्रहरु छन् भन्ने कुराले तय गर्दछ। फेरी असल मित्र खोज्ने जिम्मेवारी पनि मानिस आफैको हुन्छ।तसर्थ कसले कस्तो मित्र बनाउने भन्ने कुरा हरेकको व्यक्तिगत छनौटको कुरा हो।असल मित्रहरुले हामीलाई सुधारका बाटाहरु देखाईदिन्छन। तर खराब मित्रहरुको चुम्बनले केहि क्षण राम्रो लाग्ला तर अनन्तको निम्ति घातक हुन्छ। पुरानो करारमा दुईवटा मित्रताको घटनाहरुलाई हेरौं। एउटा यहोशापात र इस्राएलका राजा आहाबको मित्रता भने अर्कोतिर जोनाथन र दाऊदको मित्रता! राजा आहाब आफ्नो मित्र यहोशापात मरेपनि आफु चाहि बाच्न चाहे।(१ राजा २२) यसले नकारात्मक मित्रताको संकेत गर्दछ। अर्कोतिर जोनाथनले आफ्नो मित्र दाऊदको सुरक्षाको निम्ति जीवनको पनि प्रभाव गरेनन्।(१ शमु २०:३२) जोनाथनको मित्रताले करारतिर लगेर जान्छ।


मित्रहरु, हामी कस्तो प्रकारको मित्रता खोजिरहेकाछौं। बुवाआमाले जन्म दिनुहुन्छ तर असल मित्रले नै बाटो देखाउने कार्य गर्छ। एकैछिन हाम्रो वरीपरीका मित्रहरुलाई हरौं! परमेश्वरले हामी सबैलाई असल मित्रको वरीपरी रहन सहायता गर्नुभएको होस्।


येशू कस्तो प्यारो मित्र


 

प्रार्थनाको विषयः

"उत्तरी यमेनि अरब" विशेषत साउदि अरब बस्ने समुह हो। त्यहाँ यिनीहरूको जनसंख्या २९४,००० छ। यिनीहरू इश्लाममा विश्वास गर्छन्। परमेश्‍वरको कार्य यस जातिमा हुनसकेको होस्।

Friday, January 12, 2024

मिश्रमा बिपत्ति किन? ( प्रस्थान ७:१-७)

प्रस्थान अध्याय ७ मा परमप्रभुले उहाँका चिन्हहरु र आश्चर्यकर्महरुद्धारा इस्राएलीहरुलाई मिश्रबाट निकाल्ने योजना बनाउनुहुन्छ 

किन परमेश्वरले मिश्रमा बिपत्तीहरु ल्याउन भयो होला? यो प्रश्नले हामीलाई मिश्रको बारेमा केहि जानकारी दिन्छ भने, इस्राएलीहरुको निम्ति परेमश्वर वास्तवमा को हुनुहुन्छ भन्ने कुरा देखाउदछ। अध्याय ७-११ सम्म उल्लेख गरीएका बिपत्तीहरु मिश्री देवीदेवताहरुसँग सम्बन्धित थिए । जस्तैः नील नदी मिश्रीहरुको प्राण वा ओस्रिस देवताको निम्ति पवित्र, भ्यागुता- हेका देवताको शिर, भुसुना-जमिनको देवता, झीँगा- रे वा सुर्य देवताको प्रतिक, साथै  जेठो छोरा- जसलाई देवताको सेवाको निम्ति अर्पण गरिन्थ्यो ।

यसले एउटा सन्देश के दिन्छ भने म हुँ जो म हुँ परमप्रभु सबै देवीदेवता भन्दा महान हुनुहुन्छ भन्ने कुरा को संदेश दिन्छ । यो केवल फारो र मिश्री अधिकारीहरुको लागि मात्र नभएर छुटकाराको निम्ति बोलाईएकाहरुका इस्राएलीहरुका निम्ति पनि थियो।

आज हामीले परेमश्वरलाई कसरी हेरिरेहकाछौं। परमेश्वर प्रतिको हाम्रो दिष्टिकोणले नै हामीले गर्ने आराधना निर्धारण गर्दछ। अब इस्राएलीहरुले परेमश्वरलाई कसरी आराधना गर्नुपर्छ होला? अब इस्राएलीहरुले परमेश्वरलाई कुन दृष्टिकोणले हेर्नुपर्छ, एकछिन विचार गरौं ।