Sunday, March 15, 2020

कोराना भाइरस र मण्डलीको पहल


सर्वप्रथम कोराना कुनै देशको होईन, यो चाईनाको पनि होईन, कोरियाको पनि होईन, न त अमेरिका, वा इटलीको नै हो । यसले धनि र गरीब भनि आखापाखा गर्दैन । अर्को महत्वपुर्ण कुरा यसले कुनै धर्म पनि चिन्दैन र मान्दैन । मण्डली जाने ख्रीष्ट्यन होस या मस्जिद जाने इस्लाम होस या मंदिर जाने हिन्दु नै किन नहोस् सबैलाई समान व्यहार गर्छ । त्यसैले धेरैको सम्पर्कमा नआउनु नै सबैभन्दा बुद्धिमत्ता ठहरिन्छ । सरसफाईमा जीऔ र जीउन सिकाऔ । यो भन्दा ज्यादा चिन्ता नगरौ ।
दुखको कुरा  कोभिड-२०१९ ले विश्वलाई नै समस्यामा पारिरहेको छ । अहिले सम्म यसले कतिको जीवन लगिसकेको छ । धेरैले यसबाट छुटकारा पाएर संचो पनि भएका छन् ।  यो लाग्ने बित्तिकै ज्यान गईहाल्ने भने होईन । यो सब हाम्रो शरिरको रोग सँग लड्नसक्ने क्षमतामा भर गर्दछ  बैज्ञानिकहरूका अनुसार यो हावाबाट सर्ने नभई शरिरको सम्पर्कबाट सर्ने भएकोले सकेसम्म अरुहरुको सम्पर्कबाट टाढा नै रहुनु बुद्धिमत्ता रहने हुन्छ । पाश्चात्य शैलिलाई हेर्न हो भने हात मिलाउनु अति नै महत्वपुर्ण मानिन्छ । हामी नेपाली ख्रीष्टयनहरू पनि  हात जोडर जयमसिह नै गर्ने गर्छौ  । तर वर्तमान समयमा  हामीहरुलाई पनि अलि-अलि पश्चिमी देशको हावा र संस्कृतिले हात मिलाउन सिकाईहाल्यो । सायद अब हामी नेपाली ख्रिष्ट्यनहरू पुर्विय संस्कृतीलाई नै आत्मसात गर्दा कम ख्रीष्ट्यन पक्कै भईदैन होला।  मण्डलीको प्रभु भोजको कुरा !‘ एउटै कचौरा र रोटिमा भाग लिने भन्ने कुरालाई शाब्दिकरुपमा लिईरहेको पाईन्छ । पहिलो शताब्दिले कसरी यसको अभ्यास गरे त्यो हामीलाई थाहा भएन तर एउटै कटौरालाई सबैले प्रयोग गर्नु स्वास्थ्यको दृष्टिले उचित होईन । हामीलाई थाहै छ हरेक समुदायमा भोजन खाने फरक-फरक तरिका र संस्कृतिहरु छन् ।  तसर्थ यो खण्डलाई शाब्दिक रुप लिनु उचित हुदैन । यो त केवल ख्रीष्टमा एक हौ भनेर प्रतिकात्मक तवरले जनाएको मात्र हो । अब यो भाईरसले हामी सबैलाई परमेश्वरले दिनुभएको बुद्धिको प्रयोग गर्नेलाई संकेत गरिरहेको छ ।

दक्षिण कोरियाको घटना सुन्नु भएको होला कसरी त्यहाँको समुदायले चर्चलाई दोष लगाईरहेको छ । के हामी हाम्रो समुदायहरुको वास्ता नगर्ने ? यदि गर्ने हो भने, यो अवस्थामा नेपाली मण्डलिले के गर्ने ? मैले कुनै देशको एकजना पास्टरले प्रचार गरेको सुनिरहेको थिए र उहाँले भनिरहुनु भएको थियो कि ख्रीष्ट्यनहरु भेला भएको स्थानमा परमेश्वरका दुतको सामर्थशालि उपस्थिति रहन्छ र जसले हाम्रो सुरक्षा गर्नेछ । उहाँले भजनसंग्रह ९१;१० को प्रयोग पनि गरिरहुनु भएको थियो, तिम्रो कुनै अनिष्‍ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।  मलाई त्यो पास्टरको मनको उद्देश्य आईतवारको भेटीमा अड्किरहेको पाउछु । हामी नेपालि मण्डलीले कसरी अगाडी जाने त?  जहा १०० भन्दा माथी भेला हुन्छौ, त्यहा अब हामीले कसरी संगती गर्नसक्छौ होला । संगती बन्द गर्ने भन्ने पक्कै होईन तर अरु कुन तरिका हरु छन जहाँ हामी हाम्रा झुण्ड र समुदाय र अरूहरूका सुरक्षाको निम्ति टेवा बन्न सक्छौ ।


1 comment:

Unknown said...

Hajur dheyrai Dhanyabad, Context anusar chalnu nai budhdhimani hunchha aruharuko valaiko nimti Pani yo ekdamai asal Kura ho, kasiko laagi baadha hunu hudaina, tesailey Khali superficial vayera hudaina Pravubaata payeko mileyko Gyan buddhima aruharuko hitlai Pani dhyan didai agadi badnu nai budhdhimani hunchha. Corona ko karan bahek Pani manis haru mareyka thiye marchhan ra marneynai chhan,As a Christ Lai biswas gareyko Karan Hami mrityu Dekhi daraunu pardaina, yesko Matlab laperbahi rw superficial hunu ni mukharata ho, aaj Corona lageyka manis haru ko bichma sewa puryai raheyka manis harulai bicharr garau kasari aruko valaiko nimti aafnai jyan Lai jokhim ma haleyka chhan biswasi navaye pani katijana biswasi haru Pani hunuhunchha hola. Tesailey kripaya sabbai manisko valai garna nachukau, yo Hami haruko dayitwa Pani ho, bachanley yo Pani skikauchha timiharuley ekley arkako var uthawo yesari khristko bewastha (law) pura gara chhimeki Lai aafulai jastai Prem gareyra na ki swarthi vayera aafno pranko moha garney jasto murkhata gareyra kinaki lekhiyeko chha aafno pran bachauna khojney ley tyo gumauney chha Tara aafno pran mero nimti arthat Christko nimti gumauneyley tyo feri pauneychha (eternal life). Tesailey Mero anurodh sathai prathana chha ki yo paristhitima wa aauney samayeka kunai paristhitima Pani Christ ko aatmaley hamilai uhako paila pachhyuna Gyan budhhi sathai samarthya dinu vayeko hos. Amen.
Dhanyabad, JayaMashiha!🙏.