Friday, August 9, 2019

ए, विकासे दाई, भनिदेुउ न के भा को हाम्रो देशलाई ?


मानिसलाई विकास एंव रुपान्तरण को सहज परिभाषा विशेषत हामी नेपालीहरुलाई मन पर्दैन । मलाई लाग्छ, कति पटक हामीले परिभाषा बुझेपनि त्यसलाई भन्न एंव व्यवहारमा उतार्न अफ्ठ्यारो मान्दछौं । त्यसको सबैकारणहरु यस बलगमा नलेखौं होला । यद्दपी वास्तविकता भन्न हिम्मत गर्न नसकेता पनि तपाईले महशुस  भने गरिसक्नु भयोहोला  । विकासपरिवर्तन लाई हामी दुई-चार वटा विकासे भाषा बोल्ने र अभ्यास गरे जस्तो गर्ने (शब्दहरुको लिस्ट तस्विरमा हेर्न सकिन्छ) हरुले नेपाललाई सदैव पर-आश्रय बनाई नै रहनेछ ।   

केहि वास्तविकताः
१.     एक पटक जुम्लामा एक प्रतिष्ठित संस्थाको हाकिमसँग भलाकुसरी गरिरहेको थिए । मेरो भ्रमणको समयमा जुम्लामा  हरियालीले छाएको थियो । उहाँले यसरी भन्नु भयो, जनक जी, डोनरलाई त सुख्खा मौसममा नै जुम्ला भिजिट गराऊनुपर्छ है । अनि मात्र सहायता भित्रिन्छ।  यो समयमा त जुम्ला युरोप जस्तो पो देखिन्छ । खैरेहरुले डोनेशन गर्नै मान्दैनन्। यस्तो  छ नेपालको विकास र नपालको योजना निर्माणका रणनितीहरु । हाम्रा कामहरु २० प्रतिशत हुन्छन, तर हाम्रा योजना, प्रशासन, जनशक्तिको खर्च ८० प्रतिशत हुन्छन् । हामिलाई विकास र परिवर्तन भन्दा पनि कसरी जागिर गर्ने भन्ने मनस्थितीले घोचिरहेको हुन्छ ।

२.     आजभोली म एन.जी.वो, आईं एन. जी. वो. का मानिसहरुलाई अंग्रेजी भाषा सिकाउने काम गर्दछु । उनीहरुको भाषामा मैले उतारे – सर, पैसा त कति छ कति, तर के गर्ने, योजना नै कम गरेका छौं । पैसा कमाउन त संघ-संस्थामा नै जागिर गर्नुपर्छ । उनीहरुलाई संस्थाको पैसा खर्च गर्न भ्याई-नभ्याई भएको छ ।   

यदि पैसाकै चलखेल नभए किन १ खर्ब २ अर्ब लुकाउनु परेको? विचारा डोर बहादुर बिष्ट यहि भईदिए केहि भन्थे कि? समग्रमा भन्नुपर्दा विकासपरिवर्तन त हाम्रो मन र मगजमा हुनुपर्ने होईन र ! यदी हामीलाई लाग्छ कि मेरा आफन्तहरु भोकै छन् भने मेरो मनले कसरि एकलै खान सक्ला ! यदी मलाई लाग्छ मेरा मानिसहरु असाक्षर छन् भने कसरि म उनीहरुलाई क, ख नसिकाउला । यदी मलाई लाग्छ मेरो गाउँ सफा छैन भने, कसरी म फोहर हेरर बसुला । यसको लागी पनि हामीहरुले विदेशीलाई ताकेर हामीले पढेको डिग्रीलाई ‘मेरो’ निम्ति बेचिदिने ? तसर्थ विकासको निम्ति विदेशि सहयोग होईन पहिला हृद्य  परिवर्तनको खाँचो पर्दछ । केहि दिन पहिला मैले एउटा फिल्मको रिभ्यु पढेको थियो । त्सको शिर्षक थियो – Nothing Going On-  NGO”  यो हो युगान्डाको वास्तविकता । टेभो र जिजेकु ले मुजाङ्गु ( विदेशि युवति)  हरुसँगको भेटघाट र ती महिलाले देखाएको सहयोग अनि टभो र जिजेकुको  'आशाको निम्ति मकै‍' संस्थाको उद्देश्यले वास्तविकता नै झल्काएको छ  । आज पनि युगाण्डामा ९,०००-१२,००० सम्म संघसंस्थाहरु छन् तर देशको रुपान्तरणमा केहि परिवर्तन छैन । यदि एउटा संस्था असफल भयो भने, अर्को ठाउमा गएर प्रपोजलमा नयाँ र विकासे शब्दहुरू लेखेर फेरि डोनेशन ल्याउने क्रम भईरहन्छ । टेभो र जेजिकु र त्यसका हाकिम मिस्टर हेनकेउको जागिर भईरहन्छ यद्दपि मानिसमा कुन परिवर्तन नआओस् ।    नेपालको अवस्था पनि  अफ्रिकाको झै छ । वास्तविकता थाहा नपाएर दातृ संस्थाहरु विकासे भाषा बोकेर लागि परेका छन् तर त्यहाँको अवस्था जस्ताको तस्तै (केहि मुलुक बाहेक) । अझ त्याहाँको विकाका नुमुना नेपालमा ल्याएर काठमाडौका होटेलमा विकासे तालिम र ओरेन्टशन दिईन्छ । ए, विकासे दाई, भनिदेुउ न के भा को हाम्रो देशलाई ?

No comments: