Friday, January 28, 2022

आजको वचन ( २ इतिहास १५)

  

इतिहास १५ मा अजर्याह अगमवक्ता यहुदाका राजा आसालाई भेट्न गए यहि किताबको १४ अध्यायको ११, १२ पदमा आसाको दर्शन के हो भनि थाहा लाग्छ । उनले  जीवनको अस्तित्व परमेश्वरमा मात्र पाउछन् राज्यको भविष्य परमेश्वर बिना देख्न सक्दैनन् १५ अध्यायमा आएर अजर्याह अगमवक्ताले आसा राजासँग अति महत्वपुर्ण कुरा भन्छन- तिमीहरूले उहाँलाई खोज्यौ भने, उहाँ तिमीहरूबाट भेट्टाइनुहुनेछ। ( पद) अलि अगाडिको पदहरुमा यो पनि भनेको कि तिमीहरुले अरुहरूलाई अत्याचार गरेकाले त्यसको बदलामा दुःख पनि भोग्नु पर्यो

वर्तमान समयमा यो वचनलाई कसरी लागु गर्ने ? आजभोलिको जमानामा अत्याचार गर्नेहरुको झन फलिफाप भईरहेको झै लाग्छ हैन ? तर याद गर्नु पर्ने कुरा के हो भने परेमश्वरको दृष्टिमा मानिसको अत्याचारको लेखा अवश्य हुन्छ त्यसको बदला लिने काम परमेश्वरले गर्नु नै हुन्छ यसको समयको निर्क्योल हामी सक्दैनौं

यो अध्यायको मुख्य जोड पदमा पाउछौं अजर्याहको अगमवाणीले आसाको जीवनमा साहश बढेको अगमवाणीले जहिले पनि हामीलाई वचनको प्रकाश दिदछ । यसले चेतावनी उत्साह दुवै प्रदान गर्दछ अजर्याहले आसालाई दुबै कुरा भनेका छन् यदि तिमीले खोज्यौं भने भेटाईनेछौं त्याग्यौं भने बरालिनेछौं ।यो संदेशले आशाको जीवनमा साहस बढ्यो अगमवाणी सधै रसमलाई खाएजस्तो नलाग्नसक्छ कतिपटक यो करेला जस्तो तितो लाग्ला तर याद गरौं यसले तपाई हाम्रो आत्मिक स्वास्थ्यको निम्ति लाभ गर्छ हामीले के पनि भुल्नु हुदैन कि आसा राजाको जीवनमा परमेश्वर हुनुभएको देखेर इस्राएल जो आसाको विरुद्धमा थिए, उनीहरुका मानिसहरु पनि आसाको पक्षमा आए

आज मण्डलीमा परेमश्वरको वाणीको खाँचो । मानिसहरुले परेमश्वरको आवाज सुन्नुपरेको छ ।   

No comments: