Saturday, January 29, 2022

आजको वचन (२ इतिहास १६)


२ इतिहास १४ र १५ मा उल्लेख गरेको यहुदाका राजा आसा र १६ अध्यायको आसामा किन यति भिन्नता आयो आज हामी यसै विषयमा मनन गर्नेछौं । हामीले १५ अध्यायमा हेरेका थियौ कि मानविय तवरले आसा राजासँग ईथोपियनहरुको विरुद्धको लड्न संभव नै थिएन । तर उनले परमप्रभुसँग पुकार गर्न सके र परमेश्वरले उनलाई लाजमा पार्नुभएन । यो स्पष्ट थियो कि आसाको बलले त्यो युद्धमा विजय प्राप्त गर्न संभव थिएन । त्यसपछि ३५ वर्षसम्म यहुदालाई कुनु युद्ध गर्नु परेन, जुन राष्ट्रको निम्ति आशिषको कुरा थियो । राजा आसाले परमेश्वरको आशिष राम्ररी चाखेका थिए । तर १६ अध्यायमा आउने बित्तिकै परिस्थिति उल्टो भयो । त्यहि आसा जसले आपद पर्दा परमेश्वरलाई खोज्न हतारिन्थे, आज इस्राएलका राजा बाशा यहुदा माथि चढाई गर्न आउदा उनी हतार-हतार विदेशी  राज्यसँग इस्राएलको विरुद्धमा लडाई गर्नका निम्ति संधि गर्न पुग्छन । किन ? दुखमा परमेश्वरलाई पुकारा गर्ने आसा राजा ३५ वर्षको आशिषमय जीवन पश्चात सहायताको निम्ति मानीससँग पुकारा गर्न पुग्छन ।

अझ डर लाग्दो भनौं वा लाजमर्दो कुरा के भने, जब हननि अगमवक्ता आएर उनलाई भने - “तपाईंले परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि होइन तर अरामका राजामाथि भरोसा गर्नुभएकोले गर्दा इस्राएलका राजाको सेना तपाईंको हातबाट भागेको छ। के कूशीहरू र लिबियालीहरू असंख्‍य रथहरू र घोड़चढ़ीहरू भएको विशाल सेना थिएनन्‌?...” यो सुन्दा राजा आसा रिसले चुर भएर परेमश्वरको जन हननिलाई थुनामा हालिदिए । १२ पदमा आसालाई बिमारले समात्यो भनि लेखिएको छ तर पनि उनले परमप्रभुलाई खोजेनन् । त्यसको साटो उनले (मिश्रि) वैधको खोजि गरे । मित्रहरू, आज यो घटना हामीहरूको निम्ति पनि चुनौति हो । कतै परेमश्वरको कामलाई त हामीले बिर्सन थालेका छैनौ? हिजो हाम्रो जीवनमा काम गर्ने परमेश्वरको हाथ, आजपनि हामीलाई उठाउनको निम्ति तयार छ । तर हामी कसको हाथ मागिरहेका छौ? मानिसको वा परमेश्वरको । आसाको जीवनको शुरुवात असल थियो तर अन्त विकराल भयो । एउटै कारण थियो- उनको आशा परेमश्वरबाट हटेर मानिस तिर गईसकेको थियो ।

 

Sermon PPT on 2 Chronicles 14-16 (वचन) 

 

 

 

 

 

 

 

 

 

1 comment:

kaidueland said...

Wynn Casino, Las Vegas - Mapyro
Wynn Casino 전라북도 출장마사지 and 경기도 출장안마 Resort Map. Wynn Casino and Resort. Las Vegas United States 전라북도 출장샵 Map. Address: 3131 S. Las Vegas 청주 출장마사지 Blvd, 수원 출장안마 Las Vegas, NV 89109.