Saturday, January 29, 2022

आजको वचन (२ इतिहास १६)


इतिहास १४ १५ मा उल्लेख गरेको यहुदाका राजा आसा १६ अध्यायको आसामा किन यति भिन्नता आयो आज हामी यसै विषयमा मनन गर्नेछौं हामीले १५ अध्यायमा हेरेका थियौ कि मानविय तवरले आसा राजासँग ईथोपियनहरुको विरुद्धको लड्न संभव नै थिएन तर उनले परमप्रभुसँग पुकार गर्न सके र परमेश्वरले उनलाई लाजमा पार्नुभएन । यो स्पष्ट थियो कि आसाको बलले त्यो युद्धमा विजय प्राप्त गर्न संभव थिएन । त्यसपछि ३५ वर्षसम्म यहुदालाई कुनु युद्ध गर्नु परेन, जुन राष्ट्रको निम्ति आशिषको कुरा थियो राजा आसाले परमेश्वरको आशिष राम्ररी चाखेका थिए तर १६ अध्यायमा आउने बित्तिकै परिस्थिति उल्टो भयो त्यहि आसा जसले आपद पर्दा परमेश्वरलाई खोज्न हतारिन्थे, आज इस्राएलका राजा बाशा यहुदा माथि चढाई गर्न आउदा उनी हतार-हतार विदेशी  राज्यसँग इस्राएलको विरुद्धमा लडाई गर्नका निम्ति संधि गर्न पुग्छन किन ? दुखमा परमेश्वरलाई पुकारा गर्ने आसा राजा ३५ वर्षको आशिषमय जीवन पश्चात सहायताको निम्ति मानीससँग पुकारा गर्न पुग्छन

अझ डर लाग्दो भनौं वा लाजमर्दो कुरा के भने, जब हननि अगमवक्ता आएर उनलाई भने - तपाईंले परमप्रभु आफ्ना परमेश्वरमाथि होइन तर अरामका राजामाथि भरोसा गर्नुभएकोले गर्दा इस्राएलका राजाको सेना तपाईंको हातबाट भागेको छ। के कूशीहरू लिबियालीहरू असंख् रथहरू घोड़चढ़ीहरू भएको विशाल सेना थिएनन्?...” यो सुन्दा राजा आसा रिसले चुर भएर परेमश्वरको जन हननिलाई थुनामा हालिदिए १२ पदमा आसालाई बिमारले समात्यो भनि लेखिएको तर पनि उनले परमप्रभुलाई खोजेनन् त्यसको साटो उनले (मिश्रि) वैधको खोजि गरे मित्रहरू, आज यो घटना हामीहरूको निम्ति पनि चुनौति हो कतै परेमश्वरको कामलाई हामीले बिर्सन थालेका छैनौ? हिजो हाम्रो जीवनमा काम गर्ने परमेश्वरको हाथ, आजपनि हामीलाई उठाउनको निम्ति तयार तर हामी कसको हाथ मागिरहेका छौ? मानिसको वा परमेश्वरको आसाको जीवनको शुरुवात असल थियो तर अन्त विकराल भयो एउटै कारण थियो- उनको आशा परेमश्वरबाट हटेर मानिस तिर गईसकेको थियो

 

Sermon PPT on 2 Chronicles 14-16 (वचन) 

 

 

 

 

 

 

 

 

 

1 comment:

kaidueland said...

Wynn Casino, Las Vegas - Mapyro
Wynn Casino 전라북도 출장마사지 and 경기도 출장안마 Resort Map. Wynn Casino and Resort. Las Vegas United States 전라북도 출장샵 Map. Address: 3131 S. Las Vegas 청주 출장마사지 Blvd, 수원 출장안마 Las Vegas, NV 89109.