Sunday, January 30, 2022

आजको वचन ( २ इतिहास १७)

३० जनवरी, २०२२

 

 एउटा राष्ट्रको रुपान्तरण कसरी हुन्छ? एकैछिन विचार गरौं ! यदी जनता नै इमान्दार रहेनन् भने त्यो देश असल हुने कुरै भएन । देश असल हुनको निम्ति गाउँ, समाज, छिमेकी बलियो हुनुपर्दछ । २ इतिहास १७ अध्यायमा यहुदाको चौथो राजा यहोशापातको महत्वपुर्ण दर्शन नै राष्ट्रलाई मजबुत बनाउने थियो । उनले कसरी यहुदालाई बलवन्त बनाए ? आउनुहोस, हामी  त्यसको उत्तर खोज्ल १७ अध्याय  मनन गरौं । शुरुवातको पदहरुमा हेर्यौ भने, त्यहा योहशापातले आफ्नो चरित्रको विकास गरेका छन  – ३ पदमा उनले उनका पुर्खा दाउदले परेमेश्वरलाई खोजे झै परमप्रभुको खोजिगरे, इस्राएलको चालमा हिडेनन, ६ पदमा उनी परमप्रभुको मार्गमा हिड्न गर्व गर्थे, मुर्तिहरु प्रति घृणा गर्थे । यो त रह्यो उनको आफनो जीउने सिद्धान्त ।

तर राष्ट्रको लागी उनले के गरे? – यहुदालाई परमप्रभुको शिक्षामा निपुर्ण पार्ने कार्य । ७-१० पदले आज हामी मण्डलीलाई घच्घचाउनु पर्छ । कसरी यहुदालाई मुर्तिपुजा गर्ने संस्कारबाट निकाल्न सकिन्छ? कसरी उनीहरुलाइ परमप्रभुको खोजि गर्न सिक्लान? यी प्रश्नले त्यसबेला यहोशापातलाई सताएको हुनपर्छ भने आज हामी मण्डलीलाई अवश्य यसले घोचिरहेको हुनुपर्छ । किन मानिसहरु मुर्तिपुजा को दास हुनपुग्छन, किन मण्डली आजभोलि आत्मिक थोक प्रति उत्साहित देखिदैन । यस अध्यायबाट के सिक्न सकिन्छ भने हामीहरुले मानिसहरुलाई वचनको ठिक शिक्षा सिकाउनमा पछी परेकाछौ कि?  एकैछिन सोच-विचार गरौं । यहोशापातले यहुदा भरी वचनको शिक्षा सिकाउन मानिसहरु खटाए ।

9परमप्रभुका व्‍यवस्‍थाको पुस्‍तक लिएर तिनीहरूले यहूदाका चारैतिर सिकाए। मानिसहरूलाई सिकाउँदै तिनीहरू यहूदाका सबै सहरहरूमा गए।

 यो शिक्षाले यहुदालाई बलवन्त बनायो । परमप्रभुको वचनको शिक्षा यहुदाको निम्ति तागत भयो । आज हामी हाम्रो तागत कहाँ खोजिरहेका छौ? 

No comments: